+
+

फिफा यू-१७ विश्वकपमा पनि ४८ टोली हुने, पाँच संस्करण कतारमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १६:३४

२ चैत, काठमाडौं । पिफा यू-१७ विश्वकपमा पनि अब टिम संख्या बढाइने भएको छ । फिफा काउन्सिलले यु-१७ विश्वकपमा ४८ टिम बनाउने निर्णय गरेको हो । यसअघि २४ टिमले खेल्दै आएका थिए ।

फिफाले पुरुष विश्वकपमा ४८ टिम सहभागि गर्ने निर्णय यसअघि नै गरिसकेको छ र २०२६ मा उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने विश्वकपमा ४८ टिमले खेल्नेछन् ।

यसैगरी हरेक चार(चार वर्षमा हुँदै आएको यू-१७ विश्वकपलाई अब हरेक वर्ष आयोजना गर्ने निर्णय गरेको छ । यो निर्णयलाई युवा फुटबलको विकासमा प्रतिबद्धताको अंशको रूपमा रहेको फिफाले जनाएको छ ।

जस अनुसार अब २०२५ देखि यू-१७ विश्वकपको पाँच संस्करण कतारमा आयोजना भएको छ ।

पछिल्लो पटक यू-१७ विश्वकप २०२३ मा इन्डोनेसियामा भएको थियो जहाँ जर्मनी च्याम्पियन बनेको थियो ।

यस्तै पिफा काउन्सिलले फिफा यू-१७ महिला विश्वकपमा पनि टिम संख्या बढाएर २४ पुर्‍याउने निर्णय गरेको छ र २०२५ देखि २०२९ सम्म मोरक्कोमा आयोजना हुने भएको छ ।

प्रतियोगिताको प्रभावकारिता र दिगोपनको हितलाई मध्यनजर गर्दै पिफाले दुवै प्रतियोगिता आयोजनाका लागि विश्वव्यापी आह्वान गरेको थियो र त्यसै अनुसार यी निर्णयहरू गरिएको फिफाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?