+
+

नेपाल महिला फुटबलको शीर्ष सय वरियतामा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:२४

२ चैत,  काठाडौं । नेपाल महिला फुटबलको वरीयतामा शीर्ष सय स्थानमा पुगेको छ ।

विश्व पुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल पाँच स्थान सुधार गर्दै १००औं वरीयतामा उक्लेको हो ।

यसअ३ नेपाल १०५औं स्थानमा थियो । केही समयअघि साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली महिला टोली उपविजेता बनेको थियो ।

दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत अघि छ । तर भारत एक स्थान तल झर्दै ६६औं स्थानमा पुगेको छ ।

यस्तै बंगलादेश १४०औं, श्रीलंका १५७औं, पाकिस्तान १५८औं, माल्दिभ्स १६१औं र भुटान १७३औं स्थानमा छ ।

नयाँ वरीयता अनुसार वर्ल्ड च्याम्पियन स्पेन वरीयताको शीर्ष स्थानमै कायम छ । इंग्लयाण्ड दुई स्थान सुधार गर्दै दोस्रोमा पुग्दा फ्रान्स तेस्रोमा यथावत छ भने अमेरिका चौथोमा झरेको छ ।

जर्मनी पाँचौ, स्वीडेन छैटौं, जापान सातौं, नेदरल्याण्ड्स आठौं, क्यानडा नवौँ र ब्राजिल दशौँ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?