+
+

मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १८:४६

२ चैत, काठमाडौं । मानव बेचबिखनको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दुबई पठाउने भन्दै झुक्याएर कुवेत पठाउने बाराको निजगढ नगरपालिका–१ का ५० वर्षीय गणेशबहादुर कटुवाललाई पक्राउ गरेको हो ।

शुक्रबार पक्राउ परेका कटुवालविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ दिनको म्याद थप भइसकेको ब्यूरोका प्रवक्ता तथा एसपी ज्ञानेन्दप्रसाद्र फुयालले जानकारी दिए ।

दुबईको पार्लरमा आकर्षक रोजगारी दिने भन्दै एक महिलालाई झुक्याएर कुवेत पठाएर मानव बेचबखिन गरिएको फुयालले बताए । ती महिलाबाट भिसा प्रक्रिया तथा टिकटका लागि भन्दै १ लाख ५० हजार रुपैयाँ कटुवालले लिएको प्रहरीले जनाएको छ ।

महिलालाई कतारमा बन्धक बनाएरसमेत राखिएको थियो । पछि दैनिक १८ घण्टासम्म काममा लगाउने गरिएको अनुसन्धानबाट खुलेको छ । साथीको सहयोगमा भागेर दूतावास पुगेर ती महिला गत जेठ ५ गते नेपाल फर्केकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?