 
																			३ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटेको छ ।
गत शुक्रबार प्रतिनिधि सभाको कार्यसूचीमा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने वित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । कांग्रेसको अवरोधपछि स्थगित प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ ।
आइतबार गृहमन्त्री लामिछानेले प्रतिनिधि सभामा विधेयक प्रस्तुत गर्ने कार्यसूची हटाएर अन्य कार्यसूची राखिएको छ । आइतबारका लागि दुईटा कार्यसूची तय भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभाबाट पारित भएर आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्ने कार्यसूची पहिलो नम्बरमा छ ।
त्यसपछि आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहनेछ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4