+
+

सोनामको सिजन सेल अफरमा ७० प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १४:०४

काठमाडौं । नेपाली ब्रान्ड सोनामले जाडो महिना सकिएसँगै सिजन सेल अफर सञ्चालनमा ल्याएको छ ।

उच्च गुणस्तरीय कपडा सामग्रीको चर्चित ब्रान्ड सोनामले १ चैतदेखि यो अफर सञ्चालनमा ल्याएको हो । यो अफर १८ चैतसम्म सञ्चालन हुने छ ।

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा ७० प्रतिशतसम्म छुट दिइने ब्रान्डले जनाएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, कलंकीको हिमालय कम्ल्पेक्स (फ्याक्ट्री आउटलेट) ललितपुरको जावलाखेल र कुमारीपाटीमा शोरुम छन् ।

यसैगरी चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्यूरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शोरुम रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?