+
+

२०७० अंकमा झर्‍यो सेयर बजार, तीन समूहका सूचक बढे

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १५:१४

४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो । ८४ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १० को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ०.८२ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूह उच्च दर १.५६ प्रतिशत घट्यो । तीन समूहका सूचक बढे भने अरु सबै घटे । विकास बैंक ३३, फाइनान्स ११ र उत्पादन समूह २० अंक बढे । बैंकिङ ७, होटल तथा पर्यटन ८३, हाइड्रोपावर २९, जीवन बीमा २०, माइक्रोफाइनान्स १, निर्जीवन बीमा २४, अन्य १८ र ब्यापार समूह १२ अंक घटे ।

सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्तको ९.५, मानुषी लघुवित्तको ८.७, स्वाभिमान लघुवित्तको ७.४, ग्रिन डेभलपमेन्टको ६.७ प्रतिशत मूल्य बढ्यो । विन नेपाल लघुवित्तको मूल्य ७.८ प्रतिशत घट्यो ।

किसान लघुवित्तको ५.२, युनियन हाइड्रोपावर ४.६, दोल्ती पावरको ४.३, घलेम्दी हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, घोराही सिमेन्ट, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?