+
+

महराको विषयमा माओवादी पदाधिकारी बैठक अनिर्णित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ११:०४

६ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा माओवादी अनिर्णित भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा यस विषयमा छलफल भएको थियो । तर बैठकमा केही निर्णय भएन ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले छिट्टै अर्को बैठक बसेर निर्णयमा पुग्ने बताए । ‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गरेका छौं, छलफल जारी छ । छिटोभन्दा छिटो निष्कर्षमा पुग्छौं,’ प्रवक्ता सापकोटाले भने ।

सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई सोही दिन भैरहवा विमानस्थल हुँदै काठमाडौं ल्याइएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले चार दिनको म्याद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?