+
+

शालिन मृत्यु प्रकरणः पक्राउ परेका तीनै जना धरौटीमा रिहा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १९:२४

६ चैत, काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेल प्रकरणमा पक्राउ परेका तीनै जना धरौटीमा रिहा भएका छन् ।

शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।

चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५/५ लाख धरौटी बुझाउन आदेश दिएको थियाे ।

अदालतको आदेशपछि उनीहरू धरौटी बुझाएर हिरासतमुक्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता श्रीराम भण्डारीले अनलाइनखबरलाई बताए ।

शालिनको मृत्युपछि प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा शालिनले आत्महत्या गरेको पुष्टि भएको थियो । त्यसपछि पक्राउ परेका तीनै जना विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?