+
+

केकी अधिकारी स्टारर ‘बोक्सीको घर’को शीर्ष गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १२:१७

काठमाडौं । केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक भएको छ । गीतमा सुलक्षण भारतीको शब्द, मनिष निरौलाको संगीत, स्वीअरिती र निहारिकाको स्वर छ ।

भिडियोमा केकी र भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतले कथावस्तुलाई पूरै खुलाएको छैन । धेरै पक्षलाई रहस्यमै राखिएको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर केकीले यो फिल्म निर्माण गरेकी हुन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले कथित बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा समेत केकी स्वयं देखिएकी छन् ।

फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा हल रिलिजसँगै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन गर्ने तयारी छ ।

भारतीको लेखन तथा निर्देशन रहेको फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । वैशाख १४ गते फिल्म प्रदर्शन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?