+
+

केकी अधिकारी स्टारर ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १५:४३

काठमाडौं । केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३० सेकेण्ड लामो ट्रेलरमा कथावस्तु, सेटिङ र चरित्र चित्रणबारे प्रकाश पारिएको छ ।

आइतबार राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा केकी क्यारेक्टर लुक्समै उपस्थित थिइन् ।

वास्तविक घटनाक्रमलाई आधार बनाएर सुलक्षण भारतीले निर्देशन गरेको फिल्ममा कथित बोक्सीको भूमिकाका लागि केकीले जीवन्त अभिनय गरेकी छन् । उनको करिअरकै सशक्त चरित्र चित्रण र अभिनयको रुपमा यसलाई लिन सकिन्छ ।

अन्धविश्वास र पितृसत्तात्मक सोचले जकडिएको एक नेपाली गाउँको कथावस्तु यसमा छ । ‘बोक्सीको घर’को कथा लेख्न गाउँमा पुगेकी श्वेच्छा राउतको भेट गाउँका सबै मान्छेसँग हुन्छ । कथित बोक्सीको भूमिकामा देखिएकी केकीको चरित्रसँग उनको जम्काभेट हुन्छ ।

श्वेच्छा सोध्छिन्- तिम्रो नाम के हो ?

केकी भन्छिन्- मेरो नाम…। त्यसपछि बोक्सीको घर भन्दै चिच्चाएको ध्वनी राखिएको छ । थ्रील भाव जगाउने मनोविज्ञानको ययो फिल्मलाई सोसल ड्रामासँगै भिलेज थ्रीलर फिल्म पनि भन्न सकिन्छ ।

ट्रेलर हेर्दा फिल्मको घटनाक्रम र चरित्र चित्रणमा मिहेनत गरेको देख्न सकिन्छ । केकीको लुक्स, गेटअप र उनको हाउभाउले दर्शकमा त्रास पनि सिर्जना गर्न सक्छ । बोक्सीको नाममा महिलामाथि हुने हिंसा, आधारभूत मानवअधिकार, मानसिक स्वास्थ्यको प्रश्न फिल्मले उठाउँछ ।

केकीको होमप्रोडक्सन केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई बद्री अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा सुपला सापकोटा, सुलक्षण, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सविन बाँस्तोलाको पनि अभिनय छ ।

यो फिल्म बैशाख १४ गते प्रदर्शन तयारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?