+
+

पत्रकारलाई तर्साउँदै केकीले ल्याइन् फिल्मको ट्रेलर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २५ गते १९:०४

काठमाडौं । फिल्म ‘बोक्सीको घर’को ट्रेलर रिलिज गर्न केकी अधिकारीले अपनाएको शैली गजबको देखियो । आइतबार सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित समारोहमा पुगेका पत्रकार तर्सिए ।

आयोजित समारोहमा कथित ‘बोक्सी’कै हुलियामा प्रस्तुत भएर केकी लगायतले आगन्तुकलाई तर्साए । रातो सारी, सोहीअनुसारको मेकअप र हाउभाउ अनि हलभित्रको निष्पटट् अँध्यारो, पृष्ठभूमिमा त्रसित तुल्याउन संगीत, यी सबैथोक तर्साउन पर्याप्त थिए ।

त्यसपछि केकीले ‘बोक्सी’कै आवाजमा माइक लिएर बोलिन् । उनले बैशाख १४ गते रहस्य खुल्ने बताइन् । यो सबैथोक सोही मितिमा प्रदर्शन हुन लागेको फिल्म ‘बोक्सीको घर’बारे ध्यान आकृष्ट गर्न यो शैली अपनाइएको थियो ।

उक्त अवसरमा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । सुलक्षण भारती निर्देशित यो फिल्म केकीले निर्माण गरेको पहिलो फिचर समेत हो ।

तस्वीर सौजन्य : धीरज मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?