+
+

केकीले ल्याइन् ‘बोक्सीको घर’को क्यारेक्टर लुक्स

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ११:४६

काठमाडौं । फिल्म ‘बोक्सीको घर’ले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको छ । फिल्मको प्रमुख भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छन् ।

फागु पूर्णिमाको अवसरमा आयोजित समारोहमा निर्मात्री तथा अभिनेत्री अधिकारी, पूर्वमिस नेपाल माल्भिका सुब्बाले उक्त लुक्स सार्वजनिक गरे । फोटोमा केकीको चरित्र केही डरलाग्दो देखिन्छ ।

‘टिजर र गीतमा सस्पेन्सका रुपमा राखिएको बोक्सी लुक्सलाई प्रचारप्रसारको प्रमुख माध्यम बनाउन सार्वजनिक गरेका हौं,’ केकीले भनिन्, ‘यसले थप चर्चा पाउने मेरो आशा छ ।’

लेखक तथा निर्देशक सुलक्षण भारतीले जल्दोबल्दो सामाजिक विषयवस्तुमा फिल्म बनाइएकाले दर्शकले फरक स्वाद पाउने बताए । आठ वर्षअघि मञ्चन भएको नाटकमाथि आधारित रहेर फिल्म निर्माण भएको हो ।

सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा विद्यमान कथित बोक्सी कुप्रथालाई चित्रण गर्छ । कुप्रथाको नाममा महिलामाथि हुने हिंसालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गरिने यो फिल्मलाई हलमा रिलिज भएपछि अन्तर्राष्ट्रिय फेस्टिभलमा लैजाने तयारी छ । फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सविन बास्तोलालगायतको अभिनय छ ।

केकी अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म वैशाख १४ गतेदेखि प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?