+
+
एनभीए भलिबल च्याम्पियनसिप :

पुलिसमाथि रोमाञ्च जितसँगै आर्मी फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १८:२६

९ चैत्र, काठमाडौं। त्रिभुवन आर्मी क्लबले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबमाथि ३-२ को रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५-१८, २३-२५, २६-२४, १३-२५, १४-१५ ले हराउन सफल भयो ।

पुलिसले पहिलो सेटमा सुरुवातमा ८ अंकको अग्रता लिदै १४-६ को अवस्थामा थियो । दुबै टाइम आउट आर्मीले ६ अंकमै सकाएको थियो । मानबहादुर श्रेष्ठलाई आर्मीले सुरुवातमै बेन्चमा राखेको थियो । पहिलो सेट पुलिसले २५-१८ ले सहज जित हात पार्यो ।

दोस्रो सेटमा सुधारिएको प्रदर्शन गरेको आर्मीले ८-८ बराबरीपछी अग्रता लिन थालेको थियो । स्पाइकर मान बहादुर श्रेष्ठले दोस्रो सेटमा पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् । पुलिसले पनि लगातार प्रतिस्पर्धा गरेको थियो । पुलिसले १९ मा गएर आर्मीलाई भेटाएको थियो । आर्मी २५-२३ ले विजयी भएको थियो ।

तेस्रो सेटमा पुलिसले ७-४ को अग्रता लिएको थियो । ४ अंकले पछी परेको अवस्थाबाट आर्मीले ११-११ बराबरी गरेको थियो । त्यसपछि पुलिसले तीन अंकको अग्रता लिएको थियो । तर आर्मीले पुन १६ मा बराबरी गर्यो । त्यसपछि पुन प्रतिस्पर्धा बढेको थियो ।

सेट प्वाइन्टमा आर्मीका मानबहादुरले सर्भिस बिगारेपछि २४-२४ बराबर भएको थियो । त्यसपछि आर्मीका धनबहादुरले लगातार दुई स्पाइक बाहिर हानेपछी पुलिस २६-२४ ले विजयी हुँदै सेटमा २-१ को अग्रता लिएको थियो । ।

चौथो जित्नै पर्ने सेटमा आर्मीले ८-४ को बलियो सुरुवात गरेको थियो । आर्मीले १३-६ को अग्रता लिएपछि खेल पाँचौ सेटमा जाने संकेत देखिएको थियो ।

आर्मीले चौथो सेट २५- १३ ले सहजै जितेपछि खेल पाचौं सेटमा पुगेको थियो ।

पाँचौं सेटमा दुवै टोलीले कडा प्रतिस्पर्धा गरेका थिए । आर्मीले ८-७ मा कोर्ट परिवर्तन गरेको थियो । तर पुलिसले उत्कृष्ट प्रदर्शन गर्दै १२-११ ले अघि भएपछि आर्मीले दोस्रो टाइम आउट लिएको थियो । लामो र्‍यालीमा रविन चन्दले स्पाइक बाहिर हानेपछी १२-१२ बराबर भएको थियो । राजेन्द्र बिष्टले उत्कृष्ट स्पाईकमा अंक जोड्दै अग्रता आर्मीलाई दिलाएका थिए । बराबरी गर्ने अवसर रहेपनि पुलिसका रमेश छ्त्यालले स्पाइक बाहिर हानेपछी आर्मी १५-१३ ले विजयी भएको थियो ।

त्यसअघि पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपालले २५-१९, २७-२५, २५- १९ ले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?