२ जेठ, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एक खेल अगावै शहीद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लदेक्समा भएको खेलमा पूछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ५-० को फराकिलो अन्तरले हराएपछि प्लानिङ ब्वाइजले उपाधि पक्का गरेको हो ।
यसअघि नै ए डिभिजनमा बढुवा भइसकेको प्लानिङले १२ खेलसम्म अपराजित यात्रा कायम राख्दै ३० अंक जोडेको छ । प्लानिङले दुई खेल खेल्न बाँकी श्री भगवती क्लबविरुद्ध ७ अंकको अग्रता बनाएको छ ।
प्लानिङको जितमा फागुराम थारुले दुई तथा ओमप्रकाश चौधरी र प्रताप सिंहले एक-एक गोल गरे । नयाँबस्तीका नवीन खवासले एक आत्मघाती गोल उपहार दिए ।
फागुरामले ११औं मिनेटमा गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । उनले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।
ओमप्रकाशले २९औं र प्रतावले ७२औं मिनेटमा गोल गरे । नविनले ४७औं मिनेटमा आतमघाती गोल गरेका थिए ।
प्रतिक्रिया 4