+

मुस्तफिजुर दिल्लीबाट खेल्न केही दिनका लागि उपलब्ध हुने

२०८२ जेठ  २ गते १६:५३ २०८२ जेठ २ गते १६:५३
मुस्तफिजुर दिल्लीबाट खेल्न केही दिनका लागि उपलब्ध हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशका क्रिकेटर मुस्तफिजुर रहमानलाई दिल्ली क्यापिटल्सबाट आईपीएल २०२५ मा केही दिनको लागि खेल्न अनुमति दिइएको छ।
  • बीसीबीले उनलाई १८ देखि २४ मेसम्मको लागि अनुमति दिएको भए पनि यदि दिल्ली प्लेअफमा पुगे भने उनी खेल्न सक्ने छैनन्।
  • मुस्तफिजुरले १७ मे मा यूएईविरुद्धको खेलपछि भारत प्रस्थान गर्नेछन् र यसले उनी दिल्लीको खेलमा खेल्ने सम्भावना अझै स्पष्ट छैन।

२ जेठ, काठमाडौं । बंगलादेशका पेस बलर मुस्तफिजुर रहमान केही दिनका लागि दिल्ली क्यापिटल्सबाट आईपीएल २०२५ खेल्न उपलब्ध हुने भएका छन्।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले उनलाई १८ देखि २४ मेसम्म दिल्लीबाट खेल्नका लागि अनुमति (एनओसी) दिएको शुक्रबार पुष्टि गरेको हो।

यो अवधि भित्र दिल्लीका ३ वटा लिग खेल बाँकी छन्, जहाँ मुस्तफिजुर खेल्न सक्नेछन्। तर, यदि दिल्ली प्लेअफ पुगेमा भने उनी त्यसमा सहभागी हुने छैनन्।

बीसीबीका अनुसार मुस्तफिजुरले १७ मे मा यूएईविरुद्ध शारजाहमा हुने पहिलो टी-२० खेल खेलेपछि भारत प्रस्थान गर्नेछन्। दिल्लीको खेल १८ मे मा नै भएकाले सो दिन उनले खेल्न सक्ने नहुने अझै प्रष्ट छैन।

यसअघि दिल्ली र आईपीएलले मुस्तफिजुरलाई टिममा ल्याउने औपचारिक घोषणा गरे पनि बीसीबीले एनओसीबारे जानकारी नपाएको भन्दै अलि विवाद उत्पन्न भएको थियो। अहिले भने सबै प्रक्रिया मिलाएर उनले खेल्न स्वीकृति पाएका छन्।

दिल्ली क्यापिटल्स मुस्तफिजुर रहमान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय