+

फाफ डुप्लेसी र डोनोभन फेरेरा आईपीएलका लागि नफर्कने

२०८२ जेठ  २ गते १४:४६ २०८२ जेठ २ गते १४:४६
फाफ डुप्लेसी र डोनोभन फेरेरा आईपीएलका लागि नफर्कने

२ जेठ, काठमाडौं । दिल्ली क्यापिटल्सका दक्षिण अफ्रिकी खेलाडीद्वय फाफ डुप्लेसी र डोनोभन फेरेइराले आईपीएल २०२५ का बाँकी खेलका लागि भारत नफर्किने निर्णय गरेका छन्।

यसअघि अस्ट्रेलियन पेस बलर मिचेल स्टार्कले पनि नफर्कने निर्णय गरेका थिए । स्टार्क यस सिजनमा दिल्लीका लागि सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् । अब दिल्लीले बाँकी खेलमा स्टार विदेशी खेलाडिबिना नै खेल्नुपर्ने भएको छ ।

डुप्लेसीले सिजनको सुरुवातदेखि नै खेलेका थिए, तर चोटका कारण बीचमा केही खेल गुमाए। उनले ६ इनिङमा दुई अर्धशतकसहित १६८ रन बनाएका छन् । फेरेराले भने इमप्याक्ट प्लेयरका रूपमा एक मात्र खेल खेलेर १ रन बनाएका थिए।

सबैभन्दा सुरुमा जेक फ्रेजर-मेगर्कले पनि नखेल्ने निरणय गरेपछि अब दिल्लीको ओपनिङ लाइनअपमै समस्या देखिने भएको छ। अब करुण नायर, केएल राहुल वा अभिषेक पोरेल मध्ये दुईले ओपनिङ गर्ने सम्भावना छ।

यसैबीच मध्यक्रमका ब्याटर ट्रिस्टन स्टब्सले लिग चरणभरि खेल्ने तर त्यसपछि टेस्ट च्याम्पियनसिप फाइनलका लागि फर्कने छन्। हालका लागि दिल्लीसँग अब विदेशी खेलाडीको रुपमा स्टब्स, सेडिकुल्लाह अटल र दुश्मान्था चमीरा मात्र उपलब्ध छन्।

दिल्ली क्यापिटल्सको अर्को खेल मे १८ मा दिल्लीमै गुजरात टाइटन्सविरुद्ध हुने छ। प्रतियोगिता मे १७ बाट पुनः सुरु हुँदैछ र दिल्लीले अब लिग चरणमा तीन खेल खेल्न बाँकी छ।

-एएपी र क्रिकइन्फोबाट

दिल्ली क्यापिटल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय