+

आरिफ र गुल्शनको शतकीय साझेदारीमा नेपालले कार्डिफको टोलीलाई हरायो

२०८२ जेठ  २ गते २२:१३ २०८२ जेठ २ गते २२:१३
आरिफ र गुल्शनको शतकीय साझेदारीमा नेपालले कार्डिफको टोलीलाई हरायो

२ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ ।

नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको हो । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

कुनै समय १८ रनमै ५ विकेट तथा ५६ रनमा ६ विकेट गुमाएको नेपाली टोलीका लागि आरिफ र गुलशनले शतकीय साझेदारी गर्दै जितको आधार तय गरे ।

यी दुईले सातौं विकेटका लागि १३४ रनको साझेदारी गरे । गुलशन झाले सर्वाधिक ८० रन बनाए । आरिफ शेखले अविजित रहँदै ७३ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कार्डिफले अलआउट हुँदै २१२ रन बनाएको थियो । कार्डिफका लागि ओपनर विल ट्रिपकोलीले शतकीय पारी खेल्दै सर्वाधिक ११८ रन बनाए ।

नेपालका कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामीले १-१ विकेट लिए ।

नेपालले युकेमा थप ३ टोलीसँग अभ्यास खेल खेल्ने तय छ ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय