+

महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

२०८२ जेठ  २ गते १७:१३ २०८२ जेठ २ गते १७:१३
महिला फुटबलको क्याम्पबाट १७ खेलाडी बाहिरिए

२ जेठ, काठमाडौं । नेपाली महिला फुटबल टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन् । टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलको तयारी रहेको टिममा ३१ खेलाडी छनोट गर्दा १७ खेलाडी बाहिरिएका हुन् ।

तामाङले सुरुमा ४८ खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए । एएफसी वुमन्स एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपालले थाइल्याण्डसँग दुई खेल खेल्दैछ ।

नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ । उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल र उज्वेकिस्तानसँगै श्रीलंका र लाओस समूह एफमा छ ।

एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रृया सुरु गरेपनि थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि राजेन्द्र तामाङले नै जिम्मा पाएका छन् ।

बन्द प्रशिक्षणमा कायम रहेका खेलाडीहरू

गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अन्जन राना मगर, उषा नाथ, लिला जोशी
डिफेण्डर : गीता राना, निशा थोकर, अमृता जैशी, पुजा राना, विमला विक, मनमाया दमाई, समिक्षा घिमिरे, प्रतिक्षा चौधरी, सबिना चौधरी,
मिडफिल्डर : रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सरस्वती हमाल, हेमा राउत, तुलासा बोहरा, विमला चौधरी, अनिता बस्नेत, सविता राना मगर, सुस्मा तामाङ
फरवार्ड : सावित्रा भण्डारी, रश्मि कुमारी घिसिङ, रेखा पौडेल,अनिता केसी, चन्द्रा भण्डारी, ममता पुन, मिना देउवा, पूर्णिमा राई

नेपाली महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय