+
+

फुटबल टोलीलाई नेपाली राजदूतावास बहराइनको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १० गते १७:५७

१० चैत, काठमाडौं । फिफा विश्वकप र एएफसी एसियन कप छनोटको खेल खेल्न बहराइन आएको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाली राजदूतावास बहराइनले सम्मान गरेको छ ।

नेपाली राजदूतावु बहराइनको समन्वयमा बहराइनमा रहेका विभिन्न नेपाली संघ, संस्था र संगठनहरुद्वारा संयुक्त रुपमा कार्यक्रम आयोजना गर्दै राजदूतावासले शुक्रबार नेपाली टोलीको स्वागत र सम्मान गरेको थियो । कार्यक्रमको संयोजन नेपाली क्लब बहराइनले गरेको थियो ।

बहराइनमा लागि नेपाली राजदूत तिर्थ राज वाग्लेले नेपाली टोलीका खेलाडी तथा अफिसियलहरुलाई खादा लगाएर सम्मान गरेका थिए । यस्तै राजदूवत वाग्लेले नेपाली टोलीलाई मायाको चिनो पनि प्रदान गरेका थिए । साथै नेपाली टोलीको सम्मानमा रात्रीभोज समेत आयोजना गरिएको थियो ।

राजदूत वाग्लेले प्रवासमा पनि राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल टोलीलाई सम्मान गर्न पाउँदा गर्व लागेको बताए । वाग्लेले खेलाडीमा साहस, अनुसाशन  र धैर्य हुने भन्दै नेपाली टोलीलाई आउने मंगलावर हुने बहराइन विरुद्धको खेलका लागि शुभकामना पनि व्यक्त गरे । बिहीबार भएको नेपाल र बहराइनबीचको पहिलो खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

बहराइनमा खेल भएपनि नेपालको खेल हेर्न उल्लेख्य संख्यामा नेपाली दर्शक उपस्थित थिए । पाँच हजार दर्शक उपस्थित रहेकोमा आधा भन्दा बढी नेपाली दर्शक थिए ।

कार्यक्रममको संयोजन गरेको नेपाली क्लब बहराइनका अध्यक्ष दीपक गुरुङले आफ्नो देशका खेलाडीलाई प्रवासमा स्वागत र सम्मान गर्न खुशी व्यक्त गरे । सम्मान कार्यक्रमका लागि बहराइनमा रहेका ३४ संघ, संस्था, संगठनहरुले सहयोग गरेको गुरुङले बताए ।

यस्तै नेपाली टोलीका म्यानेजर उत्तम राज भण्डारीले बहराइनमा नेपाली समर्थकहरुले देखाएको मायाले गर्दा घरमै आए जस्तो लागेको बताए ।

यसैगरी नेपाली टिमका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेस र कप्तान किरण कुमार लिम्बुले पनि सम्मानका लागि नेपाली राजदूतावास बहराइनलाई धन्यवाद दिए ।

फोटो : अर्जुन बराइली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?