+
+

बसको ठक्करबाट २ जनाको मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते ११:४७
Photo Credit : शिवु खनाल

११ चैत, दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले लमही नगरपालिका ८ जहरेचोकमा राजमार्ग अवरुद्ध पारेका हुन् ।

हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् । स्थानीयको अवरोधका कारण सवारी साधन चल्न सकेका छैनन् ।

राजमार्ग खुलाउने प्रयासमा उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले प्रहरीको तैनाथी बढाइएको विषयमा पनि विरोध गरेका छन् ।

शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा निवासी २४ वर्षीय प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो ।

घटना हुलाकी राजमार्गमा भए पनि गढवा चौकीमा भएको वार्तामा कुरा नमिलेपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?