+
+

होलीमा घरपालुवा जनावरको हेरचाह कसरी गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १६:४९

घरमा बिरालो, कुकुर वा अन्य जनावर पाल्नेहरुका लागि ती परिवारको सदस्यजत्तिकै हुन्छन् । यस्तोमा कतिपयले होलीको दिन घरमा पालेको कुकुर, बिरालो जस्ता जनावरमा मात्र होइन, सडक जनावरलाई पनि रङ लगाउने गर्छन् । त्यसो गर्नु यी जनावरको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

होलीको दिन जनावरको हेरचाह

केमिकलयुक्त रंग प्रयोग नगर्ने

होलीमा प्रयोग हुने केमिकलयुक्त रंग जनावरमा लगाउनु उपयुक्त हुँदैन । यसले उनीहरुको छालामा एलर्जी गराउने मात्र होइन, अन्य स्वास्थ्य समस्या ल्याउन सक्छ ।

होली उत्सवको एक हिस्सा बनाउन चाहनुहुन्छ भने सम्भव भए जनावर–अनुकूल रंगहरू प्रयोग गर्नुहोस् । केमिकल नमिसिएको रङ घरपालुवा जनावरहरूको लागि सुरक्षित छन् ।

आँखाको विशेष ख्याल राख्नुहोस्

हरेक जनावरको आँखा धेरै नाजुक हुन्छ । हामीले हाम्रो घरपालुवा जनावरको आँखाको पनि सामान्य हेरचाह गर्नुपर्छ । होलीमा प्रयोग हुने रङहरु प्राय: केमिकलका हुन्छन् । यसले जनावरहरूमा आँखा पोल्ने वा अन्धोपनको समस्या आउन सक्छ ।

यी खतरनाक रङहरूबाट आफ्ना जनावरहरूलाई बचाउनुहोस् । रङ लगाउँदा आँखामा परिहालेमा सफा भिजेको कपडाले आँखा पुछ्न सक्नुहुन्छ ।

नुहाइदिनुहोस्

यदि आफ्नो घरपालुवा जनावरहरूसँग होली खेल्नुभएको छ भने तिनीहरूलाई छिट्टै नुहाइदिनुहोस् । जनावरहरूका लागि बनाइएको स्याम्पू वा साबुन प्रयोग गर्नुहोस् । यसो गर्नाले उनीहरुको रौंको रङ हट्छ । नुहाइदिएपछि चाँडै उनीहरुको कपाल छिट्टै सुकाइदिनुहोस् ।

होली खेल्दा घरपालुवा जनावरको मुखमा रंग पुग्न सक्छ, त्यसैले घरपालुवा जनावरको दाँत पनि सफा गर्नुहोस् ।

रंगहरू खान नदिनुहोस्

जनावरहरूमा सबै कुरा चाट्ने बानी हुन्छ । यस्तो अवस्थामा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उनीहरूको मुखमा रङ नपरोस् भनेर सुनिश्चित गर्नु हो ।

अर्कोतर्फ होलीको दिन पानीमा रंग भरेर राखिन्छ । यस्तोमा झुक्किएर जनावरले सो पानी पिएमा उनीहरुमा पेटसम्बन्धी समस्या मात्र होइन, केमिकल मिसिएको रङले बिस्तारै स्लो पोइजन जसरी सताउन सक्छ ।

त्यसैले रङहरू खेल्दा घरपालुवा जनावरबाट टाढा राख्नुका साथै आफू खेल्दा पनि उनीहरुमाथि नजर राख्नुपर्छ ।

जनावरलाई आश्रय दिनुहोस्

होली पर्वमा रङहरूसँग खेल्न घरपालुवा जनावरका लागि सबैभन्दा सुरक्षित ठाउँ तपाईंको घर हुनेछ । आफ्नो घरपालुवा जनावरहरूलाई कोठामा राख्नुहोस्, जहाँ उनीहरू सहज र सुरक्षित महसुस गर्छन् ।

यदि तपाईंको गल्लीमा कुनै कुकुर वा जनावर छ भने त्यस दिनलाई आफ्नो घरमा आश्रय दिने विचार गर्नुहोस् । बाहिर हुनुले जनावरहरूलाई कुनै पनि रंग दलिदिने मात्र होइन, एक ठाँउबाट अर्को ठाँउ लखेट्ने धेरै हुन्छन् । जथाभावी रंग र पानी हाल्दिंदा तिनीहरूलाई बिरामी बनाउन सक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?