+
+

पोखरा अल्ट्रालाइटमा फागु प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १८:००

११ चैत, काठमाडौं । पोखरास्थित पोखरा अल्ट्रालाइटले फागु पूर्णिमा लक्षित योजना सार्वजनिक गरेको छ ।

कम्पनीले अल्ट्रालाइट उडान सेवा लिने पर्यटकका लागि अधिकतम १५ प्रतिशतसम्म छुट घोषण गरेको हो ।

कम्पनीले ३०, ६० र ९० मिनेटको उडान सेवामा लागु हुँदै आएको शुल्कमा क्रमशः १०, १३ र १५ प्रतिशत छुट दिने भएको छ । छुट मंगलबारसम्म लागु हुनेछ ।

अल्ट्रालाइट अन्तर्गत सामान्यतया नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटको प्याकेज दर क्रमशः १७ हजार ६ सय, २५ हजार ६ सय, ३८ हजार ४ सय, ५३ हजार एक सय बिस रुपैयाँ शुल्क राखिएको छ ।

साहसिक पर्यटकीय गतिविधि अन्तर्गत रहेको पोखरा अल्ट्रा लाइटमार्फत यात्रुले पोखरा शहर, माछापुछ्रे, कपुचे ताल, अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सक्छन् ।

पोखरा विमानस्थलबाट उडान र अवतरण हुने उडानमा पाइलट र यात्रु गरी दुई जनाको मात्र सहभागिता हुन्छ ।

१०० किलोग्राम सम्म वजन भएका यात्रुले यो सेवा लिन सक्ने प्रावधान रहेको छ । पोखरामा सन् १९९७ देखि अल्ट्रालाइट उडान सेवा सुरु भएको हो । दक्षिण एसियामै पहिलोपटक नेपालमा यो सेवा सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?