+

मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन

२०८० चैत  १२ गते १३:५८ २०८० चैत १२ गते १३:५८
मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन

मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो अवस्थामा पिसाब नली खुम्चिएर पिसाबभित्र नै जम्ने गर्छ ।

शरीरमा भिटामिनको कमीले मात्रै होइन, भिटामिनको अत्याधिक सेवनले पनि मिर्गौलालाई असर पार्छ । केही अनुसन्धानअनुसार भिटामिनको अति सेवनले मिर्गौलाका नेफ्रोनहरू बिग्रिने र तिनीहरूको आकार घट्न थाल्छ । जसलाई किडनी एट्रोफी भनिन्छ ।

यदि कुनै कारणले मिर्गौलाको नेफ्रोन बिग्रियो भने रगत शुद्धीकरण राम्ररी हुन सक्दैन । सामान्यतया मधुमेह, उच्च रक्तचाप र पेनकिलरको अत्याधिक प्रयोगले मिर्गौला बिग्रिने खतरा हुन्छ ।

मिर्गौलाको स्वास्थ्यमा धेरै अनुसन्धान भएका छन् । नेसनल मिर्गौला फाउन्डेसन (रेफरी)का अनुसार मिर्गौला खराब छ वा मिर्गौलासम्बन्धी रोग छ भने भिटामिन ए, ई र केको पूरक अर्थात् सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । केही अनुसन्धानले भिटामिन डी पनि खतरनाक देखाएको छ । यी कारणले गर्दा अकाल मृत्यु पनि हुनसक्छ ।

भिटामिन ए

मिर्गौला रोगमा भिटामिन ‘ए’ को उच्च मात्रा देखिन्छ । त्यसकारण यसलाई थोरै मात्रामा लिंदा पनि विषाक्त हुनसक्छ । जसकारण आँखा कमजोर हुने, हड्डी दुख्ने, छालामा परिवर्तन आउने, कलेजोमा समस्या हुने र मस्तिष्कमा दबाब बढ्ने सम्भावना हुन्छ । अण्डा, हरियो सागसब्जी, पहेंलो सुन्तला, माछा भिटामिन ए पाइने खानेकुरा हुन् ।

भिटामिन ई

लामो समयदेखि मिर्गौला रोगको समस्या भएमा शरीरमा भिटामिन ई जम्मा हुनसक्छ । जसले रक्तश्राव बढाउन सक्छ । साथै थाइराइड, कमजोरी, भावनात्मक विकार र ग्यास्ट्रिकको समस्या हुनसक्छ । त्यसैले भिटामिन ई सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग जाँच गराउनुपर्छ । बीउ, बदाम, ओखर, एभोकाडो आदिमा भिटामिन ई उच्च मात्रामा पाइन्छ ।

भिटामिन के

शरीरमा भिटामिन केको कमी हुँदा समस्या भए जस्तै यसको अत्याधिक सेवनले पनि जोखिम निम्त्याउन सक्छ । डायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि भिटामिन के विषाक्त बन्नसक्छ ।

हरियो सागसब्जी र पालकमा भिटामिन के प्रचुर मात्रामा पाइन्छ ।

भिटामिन डी

भिटामिन डीको सप्लिमेन्ट सेवन गर्दा शरीरमा चाहिने भन्दा बढी भिटामिन आपूर्ति हुनसक्छ । यस्तो अवस्थामा क्याल्सियमको अवशोषण (सोस्ने क्रिया) बढ्छ । जसकारण मिर्गौला रोगीमा क्याल्सियम जम्मा भएर पत्थरी बन्ने सम्भावना हुन्छ । भिटामिन डी घाम, दूध, माछा, अण्डा र च्याउमा पाइन्छ ।

एजेन्सीको सहयोगमा

भिटामिन मिर्गौला स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

सूर्य नमस्कार : योग अभ्यासको ‘कम्प्लिट क्याप्सुल’

नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

नेपाल कुष्ठरोग निवारण संघको ५३औं केन्द्रीय सभा सम्पन्न

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

‘काउन्सिलको साख सुधार्न संरचनात्मक परिवर्तन आवश्यक’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग