+
+

१८ चैतमा कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते ११:५८

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ ।

कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते उम्मेदवारको निर्णय गरिने बताउनुभएको छ,’ सभापति देउवासँगको भेटपछि उनले अनलाइनखबरसँग भने ।

सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने केही नबोलेको उनले बताए । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।

इलाम–२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ । भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस भएको छ ।

गत निर्वाचनमा एमालेका दिवंगत नेता सुवासचन्द्र नेम्बाङसँग कांग्रेसका जिल्ला सभापति खड्का ११४ मतले पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?