+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा आइन्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १०:५८

१४ चैत, धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् ।

भारतको गोवाबाट सोमबारदेखि सम्पर्कविहीन भएकी मेयर हमालकी जेठी छोरी आरती सम्पर्कमा आएकी हुन् ।

मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको उल्लेख गरेका छन् ।

‘सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु,’ हमालले लेखेका छन्, ‘खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने  सहयोगी नेपाली  दाजुभाइ दिदीबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवाद सहित कृतज्ञता  व्यक्त गर्दछु  ।’

छोरी सम्पर्कविहीन भएपछि मेयर हमालले सबैलाई सहयोगका लागि अपिल गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?