
१४ चैत, काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ । अर्थ मन्त्रालयमा मंगलबार सरुवा भएर आएका तिवारीलाई आन्तरिक राजस्व विभागमा पठाइएको हो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक भुपाल बराललाई सरकारले वातावरण विभागमा सरुवा गरेपछि विभागमा महानिर्देशक पद रिक्त थियो ।
त्यसैगरी भन्सार विभागको महानिर्देशकको रुपमा ढुण्डीप्रसाद निरौला सरुवा भएका छन् । विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गर्दै निरौलाललाई भन्सार विभागमा पठाइएको हो ।
तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा तानिएको छ । निरौला, तिवारी र नारायणप्रसाद सापकोटा हालसालै अर्थमा भित्रिएका सहसचिवहरू हुन् ।
अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका महत्वपूर्ण महाशाखामा पनि जिम्मेवारीहरु हेरफेर गरेका छन् । अर्थ मन्त्रालयले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाएको छ । उनी अहिले राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।
धनीराम शर्मालाई राजश्व व्यवस्थापन महाशाखा प्रमुखका रुपमा सरुवा गरिएको छ । बजेट मशाशाखाका उत्तरकुमार खत्री योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा पुगेका छन् ।
प्रतिक्रिया 4