 
																			१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सूर्यदर्शन सहकारी ठगीको मुख्य व्यक्ति संस्थापक अध्यक्ष जीबी राई भएको बताएका छन् ।
राईको सन्दर्भमा प्रहरी संवेदनशील भएको बताउँदै संसद्को राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सबै इस्यूको जड त्यही मान्छे हो, उनलाई ल्याउने प्रयास गरिरहेका छौं ।’
आईजीपी कुँवरले राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) बाट रेड नोटिस जारी भइसकेको बताए । ‘उनी मलेसियामा छन् भन्ने छ, तर मलेसियासँग सुपुर्दगी सन्धि छैन । मुलुकी अपराध संहिताले पनि एमएलए गर भन्छ’, कुँवरले भने, ‘मलेसिया सरकारले सुपुर्दगीको रिक्वेस्टका रूपमा पत्र पठाउन भनेपछि मन्त्रालय मार्फत पठाइसकेका छौं ।’
तर पत्र पुग्दा पनि सुर्पुदगी सन्धि नभएकाले राईलाई डिपोर्ट गर्न मलेसिया सरकार बाध्य नभएको उनले बताए । यद्यपि यसमा परराष्ट्र मन्त्रालय र मलेसियास्थित नेपाली दूतावासले पनि काम गरिरहेको उनले बताए ।
हाल सूर्यदर्शन सहकारीसँग जोडिएका ५ जना पुर्पक्षका लागि थुनामा छन् भने १५ जना फरार छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4