+
+

एभरेष्ट बैंकद्वारा ३ हजार विद्यार्थीलाई वित्तीय साक्षरता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १९:०७

काठमाडौं । एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक’ को अवसरमा देभरका ३ हजारभन्दा धेरै विद्यार्थीलाई वित्तीय सारक्षरता प्रदान गरेको छ ।

५ चैतदेखि सञ्चालन भएको साताव्यापी अभियानमा ७ वटै प्रदेशका शाखा मार्फत विभिन्न स्कुल तथा क्याम्पसका विद्यार्थीहरूलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रमबाट करिब ३ हजारभन्दा बढी विधार्थीहरूलाई वित्तीय शिक्षाको महत्व जागरण गराइएको बैंकले जनाएको छ ।

यो वर्षको ग्लोबल मनि विक अभियानको मुख्य नारा ‘प्रोटेक्ट योर मनि, सेक्योर योर फ्युचर’ भन्ने थियो ।

कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइएको बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?