+

प्रजनन् क्षमता बढाउने १० खानेकुरा

२०८० चैत  १५ गते १३:०२ २०८० चैत १५ गते १३:०२
Shares
प्रजनन् क्षमता बढाउने १० खानेकुरा

गर्भधारणका लागि पुरुषको स्पर्म (शुक्राणु)को गुणस्तर राम्रो हुनु र महिलाको डिम्ब अर्थात् अण्डा पनि गुणस्तरीय हुनु अति आवश्यक छ । तर बढ्दो तौल, खराब खानपान, अत्याधिक तनाव र बढ्दो उमेरले गर्भधारण गर्न कठिनाइ हुन्छ ।

शरीरमा पोषक तत्त्वको कमीका कारण प्रजनन् क्षमतामा असर पर्छ । यस्तो अवस्थामा यो समस्याबाट बच्न र प्रजनन् क्षमता बढाउन केही विशेष सुपरफुडहरूको सेवन गर्न सकिन्छ ।

खजुर

खजुर धेरै पोषक तत्त्वले भरिपूर्ण हुन्छ । यो सबै उमेरका मानिसका लागि आवश्यक छ र धेरै स्वास्थ्य लाभहरू छन् । पुरुष र महिला दुवैका लागि प्रजनन् क्षमता बढाउन प्रभावकारी सावित हुनसक्छ । यसले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्छ । यसको नियमित सेवनले महिलाको प्रजनन् क्षमतालाई बलियो बनाउँदै गर्भधारण गर्न सजिलो बनाउँछ ।

उखु

उखुलाई आयुर्वेदमा इक्षु भनिन्छ, यसमा कामोत्तेजक, शारीरिक शक्ति र शुक्राणुको गुणस्तर सुधार गर्ने गुण हुन्छ । यसले यौन शक्ति बढाउँछ, जसले गर्दा जोडीहरूले स्वस्थ र सुखद् यौन जीवनको आनन्द लिन सक्छन् ।

घिउ

आयुर्वेदका अनुसार गाईको घिउ एक पवित्र पदार्थ हो, जसले मानिसको शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । प्रजनन् क्षमता लागि गाईको घिउ वरदान साबित हुनसक्छ । यसले गर्भधारण गर्न धेरै सजिलो बनाउँछ ।

अनार

अनारले शुक्रकीटको गुणस्तर सुधार गर्छ । अनारले शुक्रकीटको गुणस्तर बढाउँछ र महिलाहरूको स्वस्थ हार्मोनल चक्रलाई सुधार्छ । महिलामा हार्मोन सन्तुलित रह्यो भने प्रजनन् क्षमता कायम राख्न सजिलो हुन्छ । पुरुषमा गर्भधारणको समयमा शुक्राणुको गुणस्तर धेरै महत्त्वपूर्ण हुन्छ ।

सिमी र दाल

सिमी र दाल फाइबर र फोलेटका उत्कृष्ट स्रोत हुन् । यी दुवैले स्वस्थ हार्मोनल सन्तुलन कायम राख्न सहयोग गर्छ ।

दालमा ‘पोलिमाइन स्पर्मिडिन’को स्तर उच्च हुन्छ, जसले शुक्राणु र अण्डाको गुणस्तरलाई राम्रो बनाउँछ ।  गर्छ । साथै दाल र सिमीमा प्रोटिन पनि उच्च हुन्छ, जसले स्वस्थ ओभिलियसनलाई बढाउन सहयोग गर्छ ।

माछा

ओमेगा–३ फ्याटी एसिड प्रजनन् स्वास्थ्यका लागि राम्रो हुन्छ, जुन माछामा प्रशस्त मात्रामा पाइन्छ । यो फ्याटी एसिडले रक्तसञ्चार सुधार गर्छ । स्वस्थ शुक्रकीटको विकासमा मद्दत गरेर प्रजनन् क्षमता बढाउँछ । यसबाहेक यसले महिलामा महिनावारी चक्रलाई पनि नियमित गर्छ ।

सूर्यमुखीको ब

सूर्यमुखीको बीउले महिला र पुरुष दुवैको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ । सूर्यमुखीको बीउमा भिटामिन ई, फोलेट, सेलेनियम, ओमेगा-३ र ओमेगा-६ फ्याटी एसिड पाइन्छ, जसले प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

दुग्धजन्य पदार्थ

दुग्धजन्य पदार्थको सेवनले शारीरिक शक्ति प्राप्त हुनुका साथै प्रजनन् क्षमता बढाउन पनि मद्दत गर्छ । यसमा धेरै प्रकारका पोषक तत्त्वहरू पाइन्छ जसले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ ।

केरा

केरा खाँदा पनि  प्रजनन् क्षमतामा सुधार हुन्छ । यसमा पोटासियम र भिटामिन बी-६ पर्याप्त मात्रामा पाइन्छ । प्रजनन् क्षमता बढाउने केरालाई दैनिक रूपमा सेवन गर्नुपर्छ ।

हरियो तरकारी

हरियो सागपातको सेवनले प्रजनन् अंगलाई स्वस्थ राख्छ । महिलाले आफ्नो प्रजनन् क्षमता बढाउन आफ्नो आहारमा हरियो सागसब्जी समावेश गर्नुपर्छ । यसमा भिटामिन बी र फोलेट प्रचुर मात्रामा पाइन्छ । जसले महिलाको प्रजनन् क्षमता बढाउन मद्दत गर्छ ।

डा. मनिष सिंह प्रजनन् क्षमता
डा. मनिष सिंह
लेखक
डा. मनिष सिंह
आयुर्वेदिक चिकित्सक

डा. सिंह जनकपुरस्थित समर्पण आयुर्वेद अस्पतालमा कार्यरत छन् । उनले आयुर्वेदमा एमडी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?