 
																			१५ चैत, काठमाडौं । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन् । आक्रमणमा परी सात जना घाइते छन् ।
राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।
चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ । उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।
आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार हत्याको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4