+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

निर्माण व्यवसायीको भुक्तानी छिटो दिन सरकारसँग महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १४:५९

१६ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनु पर्ने माग गरेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको २५औं वार्षिकोत्सवका अवसरमा बोल्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो माग गरेका हुन् । अध्यक्ष ढकालले देश विकासका लागि पूर्वाधार विकास सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताए ।

उनले भने, ‘सरकारले भुक्तानीमा ढिलाइ गर्नु हुँदैन, किनकि यसले परियोजनामा ढिलाइ हुन सक्छ ।’

अर्बौं रकम भुक्तानी नपाउँदा व्यवसायीको सप्लाई चेन, बैंक किस्ता एवम् श्रमिक लगायत करको ठूलो रकम भुक्तानी गर्न व्यवसायीलाई समस्या परेको उनको भनाइ थियो । उनले आगामी दिनमा अर्थतन्त्र सुधार आउने बताए ।

कार्यक्रममा बोल्दै ढकालले निर्माण व्यवसायीहरुलाई बैंकबाट सहजै ऋण प्रवाह हुनसक्ने संयन्त्र बनाउनु पर्ने समेत बताए ।

नेपाल निर्माण व्यवसायी महासंघलाई नेपालमा पूर्वाधार विकासका लागि अटल प्रतिबद्धताको लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?