+
+

पावर प्लेमै नेपालले बनायो ८७ रन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १५:३४

१७ चैत, काठमाडौं । नेपाल ए ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्यान्डविरुद्ध पावर प्लेमै ८७ रन बनाएको छ ।

२२५ रनको लक्ष्य पछ्याएको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै ८७ रन बानाएको छ ।

नेपाललाई ओपनर देव खनाल र लोकेश बलमे ३.१ ओभरमा ४७ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाएका थिए । लोकेश १३ बलमा  ३ चौका र २ छक्कासहित २५ रनमा क्याच आउट भए ।  देव खनाल १५ बलमा ५ चौकासहित ३० रनमा नट आउट छन्

आक्राम ब्याटिङ गरेका कप्तान विनोद भण्डारी पनि १३ बलमा १ चौका र ३ छक्कासहित २६  रनमा आउट भएका छन् ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको थियो ।

आयरल्यान्डका पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए । कप्तान निल रक ३४ बलमा १ चौका र ७ छक्कासहित सर्वाधिक ७१ रनमा नट आउट रहे ।

नेपालका सागर ढकालले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?