+
+
Shares

दैलेखमा चट्याङ लागेर एक बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते २१:२८

१७ चैत, सुर्खेत । चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ । शनिबार दिउँसो हावाहुरी र असिनापानीसहित चट्याङ लाग्दा भैरवी गाउँपालिका ६ तोरीमूलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यु भएको हो ।

चट्याङ परी घाइते भएकी उनको दुल्लु अस्पतालमा उपचार सम्भव नहुने भएपछि प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए ।

प्रहरीका अनुसार चट्याङ लागेर सोही ठाउँमा एउटा बाख्रो पनि मरेको छ । हावाहुरी र असिना पानीले विशेषगरी गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?