+
+

गुल्मीमा एक पुरुष मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १२:३२

१८ चैत, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–६ का ४८ वर्षका घनश्याम भण्डारी मृत भेटिएका छन् ।

शनिबार दिउँसो घरबाट हिँडेका भण्डारी बेलुकी अबेरसम्म नआएपछि खोजतलास गर्ने क्रममा आइतबार बिहान सत्यवती गाउँपालिका–५ को हंसरास्थित रुम्दाखोल्सामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए ।

मृतक भण्डारीका विगत लामो समयदेखि आफ्ना दाजुसँग बस्दै आएका थिए ।

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापाको कमाण्डमा प्रहरी खटिएको छ । मृतकको श्रीमती दुई छोरी र एक छोरा लिएर चितवनस्थित माइतमै बस्ने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?