+
+

आईपीएलमा हैदरावाद गुजरातसँग पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १९:३४

१८ चैत, काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ ।

१६३ रनको लक्ष्य गुजरातले १९.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्टायो । गुजरातको जितमा डेविड मिलरले २७ बलमा ४ चौका र २ छक्कासहित ४४, साई सुदर्शनले ३६ बलमा ४ चौका र १ छक्कासहित ४५, ऋद्धिमान शाहले २५ र शुभमन गिलले ३६ रन बनाए । हैदराबादका प्याट कमिन्स, मयंक मारकन्डे र शाहबाज अहमदले १–१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । हैदराबादका सबै ब्याटरले सुरुवात राम्रो गरे पनि ठूलो इनिङ्स कसैले खेल्न नसक्दा विशाल योगफल बनाउन सकेको थिएन ।

ओपनर ट्रविस हेड १९, मयंक अग्रवाल १६, अभिषेक शर्मा २९, एडेन माक्ररम १७, हेनरिक क्लासेन २४, शाहबाज अहमद २२ र अब्दुल सामद २९ रनमा आउट भए ।

गुजरातका मोहित शर्माले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । आजमतुल्लाह ओमजरलाई, उमेश यादव, रासिद खान र नुर अहमदले १–१ विकेट लिए । आइतबारको दोस्रो खेलमा चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?