+
+

चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेस उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते २२:१४

१८ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन् ।

उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् ।

चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय रेसको कीर्तिमानी समय हो ।

यो रेस गोल्डेन ट्रेल रेस वर्ल्ड सिरिज २०२४ अन्तर्गतको रेस हो ।

सुनमायाले हङकङको आईटीआरए नेसनल लिगको उपाधि पनि जितेकी थिइन् । उनी १०० किलोमिटर अल्ट्रा रेसमा  विश्वकै शीर्ष ८ अल्ट्रा रनर हुन् ।

यस वर्ष सुनमायाको स्पोनरसर समेत परिवर्तन भएको छ । यसअघि सुनमायालाई नर्थ फेस एसियाले प्रायोजन गरेको थियो भने हाल चीनको ठूलो स्पोर्ट्सवेयर ब्रान्ड कैलशा फुगोले प्रायोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?