+
+

भारत-नेपाल शिल्प मेला सकियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:५७

काठमाडौं । काठमाडौंमा भारत-नेपाल लोक शिल्प मेला-२०२४ आयोजना सम्पन्न भएको छ ।

काठमाडौंको ठमेलस्थि छाया सेन्टरमा २८ मार्चदेखि १ अप्रिलसम्म मेला आयोजना गरिएको हो ।

भारत-नेपाल शिल्प मेला (आईएनसीएफ) दक्षिण एसिया फाउन्डेसन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षीय सम्बन्धहरूको प्रोत्साहन गर्दछ र भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ ।

मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरूको प्रदर्शनी गरिएको थियो ।

व्यापार सुविधा, सांस्कृतिक कार्यक्रम, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेसन, डिजाइन वर्कसप, भारत र नेपालका लोक कला र शिल्पका साथै वाराणसीको आकर्षक शिल्प मेलाका आकर्षण रहेका थिए ।

यस प्रदर्शनी एवम् बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मी/शिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी थिए ।

यस्ता अन्तरदेशीय सांस्कृतिक मेला, नेपाल र भारत बीचको कला र शिल्पकला क्षेत्रमा एक प्रभावकारी सहकार्य हुने र यसले थप सहकार्यका लागि एक सुवर्ण अवसर हुने आयोजकले जनाएको छ ।

काठमाडौंस्थित भारतीय दूतावासको प्रायोजनमा, विभिन्न नेपाली प्रायोजकहरूले मेलाको प्रायोजन गरेको थियो ।

मेलामा प्रवेश निःशुल्क गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?