+
+

होन्डाको एनएक्स२०० नेपाली बजारमा, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १८:२३

काठमाडौं । होन्डाले नयाँ मोटरसाइकल (बाइक) एनएक्स२०० नेपाली बजारमा भित्र्याएको छ ।

एनएक्स२०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ ले आरामदायी यात्रा सुनिश्चित गर्दछ । एनएक्स२०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभर’ ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको छ ।

‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता भएको कम्पनीले बताएको छ ।

एनएक्स२०० मा रहेको ‘फ्रन्ट एबीएस सिस्टम’ र ‘डुअल पेटल डिस्क ब्रेक’ ले यात्रालाई चाहेको बेला रोक्न सक्ने क्षमता प्रदान गर्छ, जुन स्वतन्त्र र निस्फिक्री यात्राका लागि अत्यावश्यक हुन्छ ।

‘पीजीएम एफआई सिस्टम’ ले इन्धनको बचत गर्दै एकोहोरो जिन्दगीबाट पर कतै उमङ्ग खोज्न निस्कने भरपुर शक्ति पनि प्रदान गर्ने कम्पनीले विश्वास गरेको छ । यसको शक्तिशाली ट्वर्क क्षमताले राइडरलाई सहरी सयर सहज र लामो अप्ठ्यारो यात्रा पनि रोमाञ्चाक लाग्ने छ ।

मूल्य र उपलब्धता

कम्पनीका अनुसार एनएक्स२०० विभिन्न चार रङ्‍गमा उपलब्ध छन् । १० वर्षसम्मको वारेन्टी प्याकेज रहेको एनएक्स२०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ मात्र तोकिएको छ ।

कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण १५ चैतदेखि सुरु गरिसकेको छ ।

होन्डाका सम्पूर्ण आधिकारिक विक्रेता वा होन्डाको आधिकारिक वेब पेजबाट पनि एनएक्स२०० को खरिद या बुकिङ गर्न सकिने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?