
२० चैत, काठमाडौं । १७ फागुनदेखि आंशिक रुपमा खुला भएको भालुवाङ–चकचके सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ ।
सडक डिभिजन प्यूठानले मंगलबार एक सूचना जारी गर्दै सडक पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ ।
यस सडक खण्डको मोतिपुर भन्ने स्थान (चेनेज ३३ प्लस ५००) मा मोड तथा पहरो काट्ने प्रयोजनका लागि सडक २० दिनसम्म दिउँसो १ बजेदेखि बेलुका ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको थियो ।
यस सडक खण्डमा ६ चैतदेखि नै यातायात भने सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4