+
+
Shares

खाद्य स्वच्छता तथा गुणस्तर विधेयक संघीय संसद्‌बाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते २०:३०

२१ चैत, काठमाडौं । खाद्य स्वच्छता तथा गुणस्तर विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतका आधारमा पारित गरेको हो ।

यो विधेयक तत्कालीन कृषिमन्त्री घनश्याम भुषालले २८ असार २०७७ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाबाट २३ माघ २०७९ मा पारित भएर आएको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । यो सँगै विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ ।

प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउँछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?