+

सन्तोषीले जितिन् लुम्बिनी अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि

२०८० चैत  २४ गते १६:५७ २०८० चैत २४ गते १६:५७
सन्तोषीले जितिन् लुम्बिनी अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि

२४ चैत, काठमाडौं । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत महिला हाफ म्याराथनको उपाधि धादिङकी धाविका सन्तोषी श्रेष्ठले जितेकी छन् । श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै दोस्रो संस्करणको उपाधि जितेकी हुन् ।

यस वर्ष सन्तोषीले जितेको यो छैटौं उपाधि हो । सन्तोषीले दुई साताअघि काठमाडौंमा भएको राइट टु प्रोटिन रनको मुख्य विधा हाफ म्याराथन उपाधि जितेकी थिइन् ।

उनले सन् २०२४ को सुरुवातमा बंगलादेशमा भएको बंगबन्धु म्याराथनमा डेब्यु गर्दै राष्ट्रिय कीर्तिमानसहित उपाधि जितेकी थिइन् । त्यसपछि उनले पोखरा म्याराथन, धरान रन र आर्मी म्याराथनमा लगातार गोल्डमेडल जितेकी थिइन् ।

नेपाली सेनाको पूर्णराज्यलक्ष्मी न्यौपाने १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी एपीएफकी पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेण्डमा दुरी तय गरिन् ।

विजेता सन्तोषी श्रेष्ठले २ लाख, दोस्रो भएकी पूर्णलक्ष्मीले १ लाख ६० हजार तथा तेस्रो भएकी पुष्पाले १ लाख २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

लुम्बिनी हाफ म्याराथन सन्तोषी श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय