+
+

आरडी भट्टको ‘केटो’ पुस्तक लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १३:४०

२७ चैत, काठमाडौं । लेखक आरडी भट्टको ‘केटो’ पुस्तक लोकार्पण भएको छ । काठमाडौं–३२, पेप्सीकोलास्थित गेटवे एकेडेमीमा भएको समारोहमा प्याब्सन, फेकालगायत शैक्षिक संस्थाहरूमा आबद्ध बिभिन्न विद्यालयका प्रिन्सिपलहरू, नियात्राकार प्रतीक ढकाल, सम्पादक श्रीश भण्डारी र लेखक आर्डी भट्टलगायतले पुस्तक लोकार्पण गरेका हुन् ।

कार्यक्रममा नियात्राकार ढकालले ‘केटो’ किताब लेखकको बाल्यावस्थाको संस्मरण र कल्पनाशीलताको समिश्रण भएको बताए । पुस्तक निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि एकदमै उपयोगी रहेको उनले बताए ।

प्याब्सन बाग्मती प्रदेशका अध्यक्ष थकिन कुमार गुरूङ्ले ‘केटो’ पुस्तकबाट आजका बालबालिकाले आजभन्दा ४ दशक अघि नेपालको सुदूरपश्चिम क्षेत्रका बालबालिका के कस्तो समाज र परिवेशबाट गुज्रिएका थिए भन्ने बुझ्न सक्ने बताए ।

सम्पादक श्रीश भण्डारीले पठन संस्कृतिलाई अब सुपठन–संस्कृतिमा ढाल्दै लैजानुपर्ने आवश्यकता औंल्याए। ‘विद्यार्थीलाई सही पुस्तक ठम्याउन विद्यालय, शिक्षक र अभिभाव सबैले मद्दत गर्नु आवश्यक छ,’ उनले भने ।

पुस्तक ईटर्नल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । लेखक भट्टले  बाल्यावस्थाको भोगाइ, अनुभव र सम्झनाहरूलाई समेटेर कृति तयार पारेको बाल साहित्यकार तथा ईटर्नल पब्लिकेसन प्रालिकी प्रबन्ध निर्देशक यमुना पराजुली अधिकारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?