+
+

नयाँ वर्षमा यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलको ‘जीवनमा एकपटक मात्र पाइने’ अफर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:४६

काठमाडौं । यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले ‘जीवनमा एकपटक मात्र पाइने’ अफर ल्याएको छ ।

नयाँ वर्ष–२०८१ को अवसरमा सार्वजनिक गरिएको उक्त अफरमा हरेक राइडरले अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट पाउने कम्पनीको भनाइ छ ।

ग्राहकको उत्सुकतालाई साथ दिन नयाँ वर्षमा यज्डी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको अग्नि मोटोइंकका उपमहाप्रबन्धक प्रत्युश श्रेष्ठले बताए ।

कम्पनीका अनुसार अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको हो ।

यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको कम्पनीले बताएको छ ।

काठमाडौंको उत्तरढोका र नेपालगञ्जमा रहेका कम्पनीका शोरुमबाट अफरमा मोटरसाइकल खरिद गर्न  ।

यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्री वितरण गर्दै आएको छ ।

यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरूको मन जित्नै आएको मोटरसाइकल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?