+
+

कर्णालीको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेलको दाबी पेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १७:४३

२७ चैत, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

कँडेलले एमाले–माओवादी र नेकपा एकीकृत समाजवादी सहित २३ सांसदले हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार बेलुकी दाबी पेस गरेका हुन् ।

कर्णाली प्रदेश सभामा नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका एकसहित २३ प्रदेश सभा सदस्य रहेका छन् । एमालेका १० प्रदेश सभा सदस्यमा सभामुख नन्दा गुरुङ्गलाई भने गणना गरिएको छैन । प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ ।

केन्द्रमा सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार कर्णाली प्रदेश एमालेको भागमा परेपछि मुख्यमन्त्री शर्माले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चैत २१ गते राजीनामा दिएका थिए ।

शर्माले राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गते साँझ ५:५० बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?