+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

क्यानमा फर्किए छुम्बी, अर्को एक पदमा ६ प्रतिस्पर्धी

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत २९ गते ६:१७

२९ चैत्र, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा छुम्बी लामा मनोनीत भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले लामालाई क्यानको सदस्यमा मनोनीत गरेको हो ।

क्यानको केन्द्रीय समितिमा राखेपले दुई सदस्य मनोनीत गर्ने व्यवस्था छ । गत असोजमा क्यानको केन्द्रीय चुनाव सम्पन्न भए पनि राखेपले दुई जनाको नाम सिफारिस गरेको थिएन ।

बुधबार लामा मनोनीत भए । उनी अघिल्लो कार्यकाल पनि राखेपबाट क्यान सदस्य मनोनीत भएका थिए । त्यसअघि २०१३ देखि २०१५ सम्म कार्यालय प्रमुख र २०१५ मा क्यानको प्रमुख कार्यसंचालन अधिकृतको रुपमा थिए ।

लामा क्यानका सचिव पारस खड्काका विश्वास पात्र पनि मानिन्छन् । पारस र ज्ञानेन्द्र मल्लसँगै मिलेर उनले पोखरा प्रिमियर लिग २०१८/१९ तथा वुमन्स च्याम्पियन्स लिग टी-२० क्रिकेट प्रतियोगिता २०१९ आयोजना गरेका थिए । हाल सीईसी क्रिकेट एकेडेमी बालुवाटारमा पनि छन् ।

अर्को एक पदमा ६ जनाको प्रतिस्पर्धा

खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ आएसँगै अर्को एक सदस्य टुङ्गो नलागेको बुझिएको छ ।

दोस्रोको नाम खेलकुदमन्त्री निकटले पाउने चर्चा छ । तर, धेरैले इच्छा देखाएपछि केही कठिन भएको बुझिएको छ ।

गण्डकी प्रदेशका सचिव सुमनराज कार्की, सचिवमा पारससँग पराजित भएका रुपन्देहीका प्रशान्तविक्रम मल्ल र नेपाली यू-१९ टोलीका मुख्य प्रशिक्षक जगत टमाटाको नाम पनि चर्चामा छन् ।

बागमती प्रदेशका पूर्वकोषाध्यक्ष अनिल अधिकारी, नेपाल खेलकुद महासंघ अध्यक्ष विप्लव घोष र धादिङ जिल्ला क्रिकेट तदर्थ समितिका अध्यक्ष दीपेश कँडेल पनि आकांक्षी हुन् ।

क्यानको केन्द्रीय समितिमा १९ जना हुनेछन्, जसमध्ये १७ जना असोजमा निवार्चन भएर आएका थिए ।

अध्यक्ष : चतुरबहादुर चन्द
उपाध्यक्ष : रोशन सिंह
सचिव : पारस खड्का
कोषाध्यक्ष : पदम खड्का

प्रदेश कोटाबाट निर्वाचित भएका ७ सदस्य

अर्जुन पौडेल (कोशी प्रदेश)
माधव कर्माचार्य (मधेश प्रदेश)
दिवाकर घले (बागमती प्रदेश)
सुदीप शर्मा (गण्डकी प्रदेश)
प्रदीप मजगैयाँ (लुम्बिनी प्रदेश)
श्रीधर केसी (कर्णाली प्रदेश)
विक्रम विष्ट (सुदूरपश्चिम प्रदेश)

खुल्लातर्फ सदस्यबाट निर्वाचित

धिरेन्द्र साउद
वीरेन्द्र चन्द
दुर्गाराज पाठक
आयुष श्रेष्ठ
करण महत्रा क्षेत्री

महिला सदस्य : जयन्ती देवी भट्ट

राखेपबाट मनोनीत : छुम्बी लामा र एक टुङ्गो लाग्न बाँकी ।

लेखक
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?