+
+

लण्डन म्याराथनमा सहभागी हुने गोपीलाई केएल दुगड ग्रुपको १ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २९ गते २०:४९

२९ चैत काठमाडौं । लण्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नेपाल ओलम्पिक कमिटीमा बिहीबार भएको बिदाइ कार्यक्रममा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

वैशाख ९ गते आयोजना हुने लण्डन म्याराथनमा भाग लिन गोपी शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछन् । नवौं धारा नेपालगन्ज म्याराथनका विजेता गोपीलाई नेपालगन्ज म्याराथनले नेपाल रन यूकेको सहकार्यमा लण्डन म्याराथनमा सहभागिताको लागि निश्चित गराएको हो ।

विश्वमा शीर्ष स्थानका ६ म्याराथन मध्येको एक लण्डन म्याराथनमा गोपी पहिलो पटक भाग लिन लागेका हुन् । उनले यसअघि जर्मनीमा भएको बर्लिन म्याराथनमा पनि भाग लिइसकेका छन् ।

उनले लण्डन म्याराथनका लागि पछिल्लो ६ महिनादेखि तयारी गरिरहेको र उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?