+
+

गुल्मीको छत्रकोटमा उखु महोत्सव हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १४:५९

३ वैशाख, गुल्मी । छत्रकोट गाउँपालिकाको आयोजनामा एक दिने उखु महोत्सव हुने भएको छ ।

उखु खेतीलाई प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्‍याउने उद्देश्यले गाउँपालिकामा वैशाख ७ गते उखु महोत्सव हुन लागेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए । गाउँपालिकाले गत वर्ष सुन्तला महोत्सव गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले महोत्सवमा किसानले उत्पादन गरेका उखुका परिकारहरू जस्तै– खुदो, गुड लगायतका विभिन्न परिकार प्रदर्शन गरिने बताए ।

उखुलाई पेल्ने तरिका र गुड, खुदो तयार गर्ने तरिकाबारे किसानले नमुना प्रदर्शनसमेत गर्ने कार्यक्रम छ । छत्रकोटको हुँगा, हर्दिनेटा, दिगाम, खर्ज्याङलगायत स्थान उखुका पकेट क्षेत्र हुन् ।

वडा नम्बर ४ का धेरै किसान उखु खेतीमा लागेको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप पन्थले बताए । यहाँका करिब ३ सय जना किसानले उखु खेती गर्दै आएका छन् ।

अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ छ । किसानले आधुनिक मेसिनको प्रयोग गर्दै खुदो र गुड बनाएर आम्दानीको स्रोत बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?