+
+

‘भ्वाइस किड्स’ सिजन ३ को कोचमा मेलिना राई अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते २०:४६

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को कोचमा गायिका मेलिना राई जोडिएकी छन् । शोले सोमबार बेलुका सामाजिक संजालमार्फत उक्त जानकारी दिएको हो ।

शोको नयाँ कोचमा मेलिनासँगै यसअघि युवापुस्तामा रुचाइएका पपगायक छेवाङ शेर्पा पनि अनुबन्धित भैसकेका छन् । प्रमोद खरेलले पनि कोचको रुपमा निरन्तरता दिने भएका छन् ।

यतिबेला भ्वाइस किड्सको पछिल्लो संस्करणका लागि डिजिटल अडिसन चलिरहेको छ । ६ देखि १४ वर्ष उमेर समूहका इच्छुक बालबालिकाले यो शोमा भाग लिन पाउनेछन् ।

शोबारे चाँडै विस्तृत जानकारी दिइने निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए । यो रियालिटी शो हिमालय टेलिभिजनबाट प्रसारण हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?