+
+

प्राविधिक डीआईजीको विशेष पदमा अर्याल र गुरुङ सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते ७:०६

४ वैशाख, काठमाडौं । नेपाल प्रहरीको प्राविधिक समूहतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)द्वय नविन्द्र अर्याल र डा. देउती गुरुङ प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

उनीहरुलाई बढुवा गर्न सरकारले प्रहरी नायब उपरीक्षक (डीआईजी) का २ विशेष दरबन्दी थप गरेको थियो । २२ चैतमा बसेको मन्त्रिपरिषद बैठकले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको थियो ।

सोही विशेष दरबन्दीमा अर्याल र डा. गुरुङ बढुवा सिफारिस भएका हुन् । अर्याल नेपाल प्रहरीको साइबर व्युरो प्राविधिक सहायता शाखा काठमाडौंमा र डा. गुरुङ केनाइन कार्यालय महाराजगञ्जमा कार्यरत छन् ।

अर्याल ८४.९०६२ अंकसहित र डा. गुरुङ ८०.६०६८ अंकसहित बढुवा सिफारिसमा परेका गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?