+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते १२:०९

४ वैशाख, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा चक्कु प्रहारबाट ६ जनाको ज्यान गएको घटना सेलाउन नपाउँदै फेरि चक्कु प्रहारको अर्को घटना भएको छ । यो घटनामा भने कसैको मृत्यु भएको छैन तर चार जना घाइते भएका छन् ।

अष्ट्रेलिया प्रहरीका अनुसार सोमबार सिड्नीको उपनगर वाकेलीमा अवस्थित इसिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको समयमा चक्कु प्रहार भएको थियो । एक १५ वर्षे युवकले बिशप, एक पादरी र अन्य व्यक्तिहरूलाई आक्रमण गरेका थिए । प्रार्थनाको प्रत्यक्ष प्रसारण भइरहेको बेला यो आक्रमणलाई पनि सबैले देखेका थिए ।

यो घटनामा आक्रमणकारी पनि घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । एक साताभित्रै दुईपटक चक्कु प्रहारको घटना भएपछि प्रहरीले यसलाई धर्मको आधारमा भएको आतंकवादी हमलाको संज्ञा दिएको अलजजिराले जनाएको छ ।

न्यू साउथवेल्स प्रहरीका आयुक्त करेन वेबले मंगलबार पत्रकारहरुसँग भनेकी छन्, ‘सबै कुरा विचार गर्दा मैले यसलाई आतकंवादी घटना हो भन्दछु ।’

आक्रोशित स्थानीय

चर्चमा भएको आक्रमणपछि आक्रोशित दर्जनौं व्यक्तिहरू चर्च बाहिर भेला भएका थिए । उनीहरू र प्रहरीबीच झडप नै भयो । आक्रोशित समूहको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन् भने २० वटा गाडीमा क्षति पुगेको बीबीसीले जनाएको छ ।

घाइतेहरूको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई पनि आक्रोशित समूहले करिब तीन घण्टासम्म घेरा हालेर राखेका थिए ।

यो घटनापछि प्रधानमन्त्री एन्थोनी एलबनिजले राष्ट्रिय सुरक्षा एजेन्सीको बैठक बोलाएर छलफल गरेका थिए । उनले अष्ट्रेलिया शान्तिप्रिय देश भएको भन्दै आतंकवादलाई कुनै स्थान नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?